७ भाद्र २०८२, शनिबार | Sun Aug 24 2025


संशोधन प्रस्तावकोविरुद्धमा दाङ बन्द


0
Shares

दाङ, मंसिर २२ । अनेरास्ववियु र युवा संघले आह्वान गरेको दाङ बन्दको प्रभाव बिहानैदेखि देखिएको छ ।

जिल्लाका मुख्य तथा स्थानीय बजारमा बिहानैदेखि बन्दको प्रभाव देखिएको हो ।

सरकारले प्रदेश नम्बर–५ लाई टुक्र्याउने गरी दर्ता गरेको संशोधन प्रस्तावकोविरुद्धमा बन्दको आह्वान गरिएको बन्दकर्ताले बताएका छन् ।

बन्दका कारण जिल्लाबाट सन्चालन हुने लामो तथा छोटो दुरीका सवारी–साधन सन्चालन हुन सकेका छैनन् भने भने जिल्लाका शैक्षिकसंस्था, बजार पनि बन्द छन् । रासस