७ भाद्र २०८२, शनिबार | Sun Aug 24 2025


‘विखन्डनकारी होसियार’ भन्दै पाल्पामा जिल्ला प्रशासनअगाडि धर्ना


0
Shares

पाल्पा, मंसिर २२ । ५ नम्बर प्रदेशलाई टुक्र्याउने गरी सरकारले संविधान संशोधन प्रस्ताव दर्ता गरेको विरोधमा पाल्पामा बुधबार पनि प्रदर्शन भएको छ ।

पाल्पा बन्दको आठौं दिन प्रदर्शनकारीहरुले जिल्ला प्रशासन कार्यालयअगाडि नाराबाजी गरी धर्ना दिएका छन् ।

धर्नामा सहभागीहरुले ‘हिमाल, पहाड, तराई कोही छैन पराइ’, ‘राष्ट्रियताको रक्षा गरौं’, ‘विखन्डनकारी होसियार’, ‘संशोधन प्रस्ताव फिर्ता गर’ भन्ने नारा लगाएका थिए ।

धर्नामा नेपाली कांग्रेस, नेकपा एमाले, राप्रपा, राष्ट्रिय जनमोर्चा, नेकपा माले, अखन्ड नेपाल पार्टीका कार्यकर्ता र स्थानीयबासिन्दा सहभागी थिए ।