
कन्चनपुर, मंसिर २२ । कन्चनपुरको भीमदत्त नगरपालिका–५ वनखेतमा रहेको महिला तथा बृद्धबृद्धा सेवा केन्द्रको पहलमा बुधबार १० जना बृद्धबृद्धाले नागरिकताको प्रमाणपत्र पाएका छन् ।
बृद्धबृद्धा सेवा केन्द्रमा लामो समयदेखि बस्दै आएका उनीहरुले केन्द्रका सन्चालक शारदा चन्दको पहलमा नागरिकता पाएका हुन् ।
नागरिकता नहुँदा बृद्धबृद्धाहरु सामाजिक सुरक्षाभत्ता पाउनबाट बन्चित थिए ।
उनीहरुलाई निःशुल्क उपचार सेवा प्राप्त गर्नसमेत समस्या हुँदै आएको थियो ।
प्रतिक्रिया दिनुहोस्