२९ बैशाख २०८२, सोमबार | Tue May 13 2025


इम्पेरियलले चौर रिक्रियस्नल सेन्टरलाई हरायो


0
Shares

काठमाडौं, मंसिर २२ । राजधानीमा जारी रेडबुल फुटसल लिगअन्तर्गत् बुधबार भएको समूह ‘ए’को खेलमा इम्पेरियल फुटसलले चौर रिक्रियस्नल सेन्टरलाई ८–५ ले पराजित गरेको छ ।

इम्पेरियलको ‘फिल्ड’ कौशलटारमा भएको खेलमा घरेलु टोलीलाई विजयी गराउन निराजनविक्रम गैरेले ह्याट्रिक गरे ।

जितसँगै १३ खेलबाट १२ अंक जोडेको इम्पेरियल अंकतालिकाको छैटौं स्थानमा उक्लिएको छ । जम्मा ७ अंक जोडेको चौर पुछारमा छ ।

इम्पेरियल र चौर दुबैको प्रतियोगिताको दोस्रो चरण पुग्ने सम्भावना समाप्त भइसकेको छ ।

यो समूहबाट किकअफ, बानेश्वर, ढुकु र ह्वाइटहर्सले दोस्रो चरणमा स्थान सुरक्षित गरिसकेका छन् ।