कैलाली । नयाँ वर्षको अवसरमा कैलालीको धनगढीमा हाफ म्याराथन प्रतियोगिता हुने भएको छ ।
धनगढी जेसिजको आयोजनामा वैशाख १ गते ‘अब धनगढी दौडिन्छ’ भन्ने नारासहित प्रतियोगिता गर्न लागिएको हो ।
युवाहरुलाई यस क्षेत्रको सम्रग विकासमा अग्रसर गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।
२१ दशमलव १ किलोमिटरको म्याराथन प्रतियोगितामा नेपाल तथा भारतका गरी १५ सय सहभागी हुनेछन् ।
प्रतियोगितामा प्रथम हुनेलाई ५५ हजार ५ सय ५५, द्वितीयलाई ३३ हजार ३ सय ३३ र तृतीयलाई २२ हजार २ सय २२ रुपैयाँ पुरस्कारको व्यवस्था रहेको छ ।
धनगढीको क्षेत्रीय रंगशालादेखि सुरु हुने हाफ म्याराथुन गेटा पुगेर पुनः क्षेत्रीय रंगशालामै पुगेर टुंगिने जनाइएको छ ।








प्रतिक्रिया दिनुहोस्