
काठमाडौं, मंसिर २२ । नेपाल र मलेसियाको महिला राष्ट्रिय टिमबीच यही पुस २ गते मैत्रीपूर्ण फुटबल हुने भएको छ ।
नेपालमै हुने मैत्रीपूर्ण खेलका लागि मलेसियाको टिम मंसिर ३० गते नेपाल आउने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ ।
आगामी पुस ११ गतेदेखि भारतको सिलिगुडीमा हुने चौथो साफ महिला च्याम्पियनसिपको तयारीमा रहेको नेपालले मैत्रीपूर्ण खेलमार्फत् आफूलाई खार्न लागेको हो ।
मुख्य प्रशिक्षक कुमार थापाको प्रशिक्षणमा ३० जनाको नेपाली टिम दैनिक दुईपटक अभ्यासरत् छ ।
महिला टिमले एन्फा एकेडेमीका खेलाडीसँग दुई खेल खेलिसकेको छ ।
प्रतिक्रिया दिनुहोस्