२३ श्रावण २०८२, शुक्रबार | Fri Aug 8 2025


नेपालको शान्ति, स्थायित्व र विकासमा पाकिस्तानले सहयोग गर्छः राजदूत जावेद


0
Shares

काठमाडौं । पाकिस्तानको ७९औं स्वतन्त्रता दिवसको अवसरमा काठमाडौंस्थित पाकिस्तानी दूतावासले आज विभिन्न कार्यक्रम गरेको छ ।

पाकिस्तानी दूतावासमा भएको कार्यक्रममा नेपालका लागि पाकिस्तानी राजदूत डाक्टर मजहर जावेदले पाकिस्तानको राष्ट्रिय झण्डा फहराएका थिए ।

कार्यक्रममा राजदूत जावेदले नेपालको शान्ति स्थायित्व र विकासमा पाकिस्तान सरकारले सहयोग गर्ने बताए ।

उनले पाकिस्तान र नेपालबीचको सांस्कृतिक, सामाजिक, पर्यटकीय र आर्थिक सम्बन्ध बलियो भएको भएको बताए ।

स्वतन्त्रता दिवसको अवसरमा राजदूतावासले साँस्कृतिक कार्यक्रमको समेत आयोजना गरेको छ ।

कार्यक्रममा पाकिस्तानका राष्ट्रपति अरिफ अलभी र प्रधानमन्त्री इमरान खानको सन्देश पढेर सुनाइएको थियो ।

सन् १९४७ मा मोहम्मद अलि जिन्नाको नेतृत्वमा पाकिस्तान बेलायत शासित भारतबाट स्वतन्त्र बनेको थियो ।