
कैलाली, मंसिर २३ । मंसिरको तेस्रो साताबाट बढेको चिसोको कारण कैलालीलगायत सुदुरपश्चिमको जनजीवन प्रभावित बनेको छ ।
चिसोका कारण बालबालिका, बृद्धबृद्धा, विद्यार्थी प्रभावित बनेका छन् । मध्य तथा सुदूरपश्चिमका बाँके, बर्दिया, कैलाली, कञ्चनपुरलगायत जिल्लामा एक्कासी चिसो बढ्दा जनजीवन प्रभावित बनेको हो । बिहानै भिडभाड हुने सदरमुकाम धनगढी बजारका चौराहा, बसपार्कलगायत स्थानमा चिसो बढेसँगै सुनसान देखिन थालेका छन् ।
बाक्लो कुहिरोले गर्दा यातायातका साधन सञ्चालन समेत प्रभावित भएको छ । चिसोले गर्दा मजदुर, वालवालिका र बृद्धबृद्धामा निमोनियाको समस्या देखिन थालेको जिल्ला अस्पताल कैलालीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्