२३ श्रावण २०८२, शुक्रबार | Fri Aug 8 2025


उदयपुरमा एसइइ परीक्षाको तयारी पूरा


0
Shares

उदयपुर । चैत्र १० गते देखि संचालन हुने माध्यमिक परीक्षा उत्तीर्ण (एसईइ)परीक्षाको सम्पूर्ण तयारी पुरा भएको छ ।

२६ वटा परीक्षा केन्द्र रहेको उदयपुरमा ७ हजार १ सय ८२ जना परीक्षार्थी सामेल हुँदैछन् ।

यस बर्ष उदयपुरमा नारद आदर्श माबि बसाहा र जनप्रेमी माबिमा क्रमश उदय राई र डोमिला धमला महिला केन्द्राध्यक्षले जिम्मेवारी पाएको जिल्ला शिक्षा बिकास समन्वय ईकाइका प्रमुख हरिहर धितालले बताए ।

प्राबिधिक धार तर्फ नारद आदर्श माबि बसाहा, त्रियुगा माबि गाइघाट, जनता माबि देउरी र त्रिबेणी माबि कटारीका बिधार्थी सहभागी हुनेछन ।

नियमित तर्फ ६ हजार ८ सय ५१ र ग्रेड बृद्धि (एक्ज्याम्टेड) तर्फ ३ सय३१ बिधार्थी एसइइमा सहभागि हुने छन् ।

ज्योति माबि बेलटारमा सबैभन्दा बढी ३ सय ९९ र कम पञ्चावती माबि उदयुरगढीमा १ सय ७१ परीक्षार्थी रहेको इकाइ प्रमुख धितालले बताए ।