पोखरा, मंसिर २३ । पोखरा उद्योग वाणिज्य संघको आयोजनामा पोखरामा राष्ट्रिय औद्योगिक व्यापार मेला–२०७३ सुरु भएको छ ।
आगामी पुस ४ गतेसम्म पोखराको नयाँबजारमा चल्ने मेलाको विहीबार पर्यटन मन्त्री जीबनबहादुर शाहीले उद्घाटन गरे ।
उनले राजनीतिले गर्दा नै देशको अर्थतन्त्र अहिले परजीवीमुखी हुन पुगेको धारणा राखे ।
शाहीले पार्टी नेताको ईज्जत र जनता झुक्याउन हतारहतारमा ठूल्ठूला आयोजनाको शिलान्यास गर्ने तर विसौं वर्षसम्म पनि काम अघि नवढ्ने प्रवृत्ति देखा पर्ने गरेको भन्दै चिन्ता व्यक्त गरे ।
संघका अध्यक्ष विश्वशंकर पालिखेले मेलाले समग्र पश्चिमाञ्चलको औद्योगिक र पर्यटकीय सम्भावनाको खोजी गर्ने तथा स्थानीय उत्पादनहरुको बजारिकरणलाई सघाउने दाबी गरे ।
‘लगानीको प्रवद्र्धन, उद्योग व्यवसायको प्रवद्र्धन’ भन्ने मूल नाराका साथ आयोजना गरिएको मेलामा औद्योगिक, कृषिजन्य र हस्तकलाका सामानको उत्पादन, सूचना प्रविधि, शिक्षा, स्वास्थ्य, पर्यटन लगायतका २ सय ९५ स्टल राखिएका छन् ।









प्रतिक्रिया दिनुहोस्