सुर्खेत, मंसिर २३ । प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधन प्रस्तावका केही बूँदामा परिमार्जन गर्न सकिने बताएका छन् ।
बिहीबार सुर्खेत उद्योग बाणिज्य संघले सुर्खेतमा गरेको कर्णाली एक्स्पोको उद्घाटन गर्दै उनले आफु प्रधानमन्त्री रहँदासम्म संशोधन प्रस्ताव फिर्ता नहुने तर संसदीय प्रक्रिया भित्रै रहेर परिमार्जन गर्न सकिने बताएका हुन् ।
एक्स्पोमा दर्शकले उँट, चौरीगाई र हेलिकप्टरमा बसेर त्यस क्षेत्रको अवलोकन गरेका छन् । एक्सपोमा चीन, भारत, बंगालादेश, पाकिस्तान तथा थाइल्याण्डका कम्पनीका ब्रान्डेड सामग्रीदेखि स्थानीय उत्पादन र कृषि सामग्री राखिएको छ ।
प्रदर्शनीले विभिन्न देशका व्यवसायीबीच व्यापार विस्तार, प्रविधि हस्तान्तरण, आयत निर्यात तथा पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउने अपेक्षा लिइएको आयोजक सुर्खेत उद्योग बाणिज्य संघका अध्यक्ष प्रकाश अधिकारीले बताए ।









प्रतिक्रिया दिनुहोस्