२१ बैशाख २०८२, आइतबार | Sun May 4 2025


पूर्वी एलेप्पोमा सैन्य कारवाही स्थगित


0
Shares

सिरिया, मंसिर २४ । सिरियाली सेनाले पूर्वी एलेप्पोमा जारी कारबाही तत्कालका लागि स्थगित गरेको छ । युद्धग्रस्त क्षेत्रमा फसेका हजारौं सर्वसाधारणलाई सुरक्षित तरीकाले बाहिर निकाल्न सिरियाली सेनाले तत्कालका लागि कारबाही अभियान स्थगित गरेको हो ।

रुसी सेनाको सहयोगमा एलेप्पोलाई आफ्नो नियन्त्रणमा लिन सिरियाली सेनाले लगातार कारबाही गरेको थियो । रसियाका विदेशमन्त्री सर्गेई लावरोभले युद्धग्रस्त क्षेत्रमा फसेका कम्तिमा ८ हजार सर्वसाधारणलाई बाहिर निकाल्ने उद्देश्यले आक्रमण रोकिएको बताए ।

सिरियाली सरकारी सेनाले पछिल्लो केही हप्तादेखि पूर्वी एलेप्पोमा गरिरहेको आक्रमणका क्रममा त्यहाँका विद्रोहीले कब्जामा लिएको ७५ प्रतिशत भूभाग आफ्नो नियन्त्रणमा लिइसकेको जनाएको छ । (एजेन्सी)