
काठमाडौं, मंसिर २४ । म्यानचेस्टर युनाइटेड युरोपा लिगको नक आउट चरणमा प्रवेश गरेको छ ।
गएराति भएको खेलमा जोर्या लुहान्स्कलाई २–० ले पराजित गर्दै म्यानचेस्टर युनाइटेड नक आउट चरणमा प्रवेश गरेको हो । खेलको ४८ औं मिनेटमा हेनरिक खितर्यान र ८८ औं मिनेटमा जाल्टान इब्राहिमोबिचले गोल गर्दै युनाइटेडलाई विजयी गराएका हुन् ।
यसैगरी गएराति नै भएको अर्को खेलमा हापोल बी सेवासँग एक–एक गोलको बराबरी खेलेको साउथ ह्याम्पटन भने प्रतियोगिताबाटै बाहिरिएको छ । समूह सीमा रहेका यी दुवै टिमको ८/८ अंक भए पनि गोलअन्तरका आधारमा हापोल नकआउट चरणमा प्रवेश गरेको छ ।
प्रतिक्रिया दिनुहोस्