२१ बैशाख २०८२, आइतबार | Sun May 4 2025


कंकेश्वरी अजिमाको गुठी घर पुनर्निर्माण शुरु


0
Shares

काठमाडौं, मंसिर २४ । गत वर्षको वैशाख १२ गते आएको शक्तिशाली भूकम्पबाट क्षतिग्रस्त काठमाडौंको कंकेश्वरी अजिमाको गुठी घरको पुनर्निर्माण शुरु भएको छ ।

त्वाःखलःका गुठी सदस्यहरु तथा काठमाडौं महानगरपालिका, हनुमानढोका दरबार क्षेत्र संरक्षण कार्यक्रमको आर्थिक सहयोगमा पुनर्निर्माणको काम शुरु भएको हो ।

उद्योग मन्त्री नविन्द्रराज जोशीले गुठीघरको शिलान्यास गरे । द्यःछें घरसमेत भनिने उक्त गुठीघर लिच्छवीकालिन भएको बताइएको छ । तर यो घरको जिर्णोद्धार भने मल्लकालमा समेत भएको अभिलेख छ ।

यो गुठीघरबाट सांस्कृतिक तथा परम्परागत कार्यक्रम हुँदै आएका छन् ।