
वासिंटन, मंसिर २४ । अमेरिकी सैन्य अधिकारीहरुले पछिल्लो दुईवर्ष यता इस्लामिक अतिवादी समूह ‘आईएस’का कम्तिमा ५० हजार लडाकु मारिएको दाबी गरेका छन् ।
अमेरिकी नेतृत्वको गठबन्धन सेनाले इराक र सिरियामा गरेको आक्रमणमा यति संख्यामा आईएस लडाकु मारिएको जनाइएको छ ।
हवाई आक्रमण र अमेरिकाले सहयोग गरेको स्थानीय लडाकुहरु आईएसविरुद्ध सक्रिय छन् । तर आईएसले लडाकुहरु तीव्र रुपमा भर्ना गर्न सक्ने अमेरिकी चेतावनी छ ।
आईएसले सिरिया र इराकका धेरै भूभाग नियन्त्रणमा लिएपछि उनीहरुविरुद्ध अन्तर्राष्ट्रिय गठबन्धनले पछिल्लो समयमा आक्रमण तीब्र पारेको छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्