
काठमाडौं, मंसिर २४ । प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले अपराधमा संख्यात्मक र गुणात्मक परिवर्तन आइरहेकोले नेपाल प्रहरीले परम्परागत ढंगबाटमात्रै त्यसको सम्बोधन गर्न नसक्ने भन्दै प्रहरी संगठनको क्षमता बृद्धि गर्नुपर्नेमा जोड दिएका छन् ।
अपराध अनुसन्धान दिवसको अवसरमा अपराध अनुसन्धान विभागले शुक्रबार प्रहरी प्रधान कार्यालयमा गरेको कार्यक्रममा उनले नागरिकको अपेक्षाका साथै संविधान र ऐन–कानुनले प्रहरीलाई दिएको दायित्व पूरा गर्न संगठनको क्षमतामा बृद्धि गर्नुपर्ने बताए ।
महानिरीक्षक अर्यालले भूमिगत आवरणमा हुने अपराधिक क्रियाकलापहरु अहिले निस्तेज भएको र अपहरणजस्ता जघन्य अपराधहरु घटेर गएको दाबी पनि गरे ।
कार्यक्रममा अपराध अनुसन्धानमा उल्लेख्य योगदान पुर्याएका प्रहरीहरुलाई पुरस्कृत पनि गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्