
काठमाडौं । इलामका सक्रिय समाजसेवी तथा नेपाली कांग्रेसका नेता डम्बर खड्काले माइपोखरीका आगलागी पीडितलाई एकमुष्ट ५१ हजार रुपैंयाँ आर्थिक सहयोग हस्तान्तरण गरेका छन् ।
केहि दिन अघि आगलागीबाट पीडित बनेका माइपोखरीका सात घर परिवार र जलेका ४ घरलाई एकमुष्ठ ५१ हजार रुपैंयाँ शुक्रबार स्थानीयको सहभागिता र संचारकर्मीहरुको उपस्थितिमा उक्त रकम हस्तान्तण गरिएको हो ।
विपदमा परेकाहरुलाई आर्थिक तथा विभिन्न सहायता गर्दै आएका नेता खड्काले केही समयअघि इलामकै जितपुर बजारमा भएको आगलागीबाट पीडितलाई करीब तीन लाख बराबरको आर्थिक सहयोग गरेको थिए ।
त्यस्तै २०७२ सालको विनाशकारी महाभूकम्पका बेला दोलखाका भूकम्पपीडितलाई २२ लाख बराबरको सामाग्री र आर्थिक सहयोग पुर्याएका थिए ।
आफ्नो निर्वाचन क्षेत्र बाहेकका अन्य क्षेत्रमा समेत सहयोग लिएर पुग्ने गरेका नेता खड्काले सकेजति आफ्नो अन्तरआत्माबाट सहयोग गर्ने गरेको बताए ।
गृहजिल्ला तथा अन्य जिल्लामा समेत दैविक विपत्तिमा परेका पीडित, अस्पतालमा आर्थिक अभावले उपचार गर्न नसकेका बिरामीलगायत, मठमन्दिर, खेलकुद क्षेत्रमा समेत उनले सहयोग गर्दै आएका छन् ।
प्रतिक्रिया दिनुहोस्