२९ बैशाख २०८२, सोमबार | Tue May 13 2025


सातौं राष्ट्रिय खेलकुदको मिति अब कुनै बहानामा नसर्ने दाबी, तयारी अन्तिम चरणमा


0
Shares

काठमाडौं, मंसिर २४ । राष्ट्रिय खेलकुद परिषद (राखेप)ले आसन्न सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ ।

शुक्रसबार राजधानीमा पत्रकार सम्मेलन गरी राखेपले आगामी पुस ८ देखि १५ गतेसम्म पूर्वाञ्चलमा हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जनाएको हो ।

पत्रकार सम्मेलनमा राखेपका सदस्यसचिव केशवकुमार बिष्टले अब कुनैपनि बहानामा सातौं राष्ट्रिय खेलकुदको मिति नसर्ने दाबी गरे ।

प्रतियोगितामा विभिन्न ३० खेलमा २९४ स्वर्णपदकका लागि प्रतिस्पर्धा हुनेछ ।

सुनसरी, मोरङ, झापा, धनकुटा, सिरहा र सप्तरीमा गरी पूर्वाञ्चलका ६ जिल्लाहरुमा प्रतियोगिताका विभिन्न खेलहरु सन्चालन हुनेछन् ।

प्रतियोगिताअन्तर्गत् महिला भलिबललगायतका केही खेलहरु भने पुस २ गतेदेखि नै सुरु हुने राखेपले जनाएको छ ।