Logo १८ आश्विन २०८३, आइतबार | Sun Oct 4 2026


भक्तपुरमा ६ दिने अन्तर्राष्ट्रिय व्यापार मेला सुरु, मेलामा के–के ?


0
Shares

काठमाडौं, मंसिर २४ । भक्तपुरमा अन्तर्राष्ट्रिय व्यापार मेला सुरु भएको छ ।

६ दिने अन्तर्राष्ट्रिय व्यापार मेलाको शुक्रबार उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले उद्घाटन गरेका हुन् ।

भक्तपुर उद्योग वाणिज्य संघले आफ्नो ५० वर्ष पुगेको अवसरमा भक्तपुरमा पहिलोपटक अन्तर्राष्ट्रिय व्यापार मेला आयोजना गरेको हो ।

भक्तपुरको सल्लाघारीस्थित खुला मैदानमा सुरु भएको मेला आगामी बुधबारसम्म सन्चालन हुनेछ ।

मेलामा भक्तपुर विद्युतीय सामग्री व्यवसायी संघ, भक्तपुर निर्माण सामग्री व्यापार संघ, भक्तपुर फर्निचर तथा फिर्निसिङ व्यवसायी संघलगायत जिल्लाका विभिन्न ३३ ओटा वस्तुगत संघ–संस्था एवं नेपाल, चीन एक्ज्योकेटिभ काउन्सिलकोसमेत सहभागिता रहेको मेलाका संयोजक एवं संघका कोषाध्यक्ष राजु मृगेन्द्र जोशीले जानकारी दिए ।

मेलामा नेपाल, भारत, भुटान, चीन, पाकिस्तान, मलेसिया, इन्डोनेसियालगायतका विभिन्न देशमा उत्पादन भएका सामाग्रीहरुको प्रदर्शनी एवं बिक्री कक्ष गरी १७२ ओटा स्टलहरु राखिएका छन् ।

मेलामा मौलिक हस्तकलाका उत्पादनहरु, घरेलु तथा लघु–उद्यमका उत्पादनहरु, शैक्षिक, सूचना–प्रविधि, कृषि उत्पादन, विभिन्न ब्रान्डका सवारी–साधनहरु, दैनिक उपभोग्य तथा घरायसी सामग्री, विद्युतीय सामग्रीहरु, फर्निचर एन्ड फर्निसिङका सामग्री, बाल मनोरन्जका सामग्रीहरु, आर्युर्वेदिक सामाग्रीहरु, एक जिल्ला एक उत्पादनका सामनहरु बिक्रीका लागि राखिएका छन् ।

ईवामुरा मेमोरियल अस्पतालले निःशुल्क स्वास्थ्य शिविर सन्चालन गरेको मेलामा मनोरन्जनका विभिन्न कार्यक्रम राखिएका छन् ।

करिब ९० हजारले अवलोकन गर्ने अनुमान गरिएको मेलामा पाँच करोड रुपैयाँ बराबरको कारोबार हुने अपेक्षा गरिएको संयोजक जोशीले जानकारी दिए ।

 

Skip This