३० बैशाख २०८२, मंगलबार | Tue May 13 2025


शंखमूललाई ‘वाकओभर’


0
Shares

काठमाडौं, मंसिर २५ । राजधानीमा जारी रेडबुल फुटसल लिगअन्तर्गत् शनिबार भएको समूह ‘ए’को खेलमा बानेश्वर रिक्रियस्नल सेन्टर र ढुकु फुटसल हबले ४–४ गोलको बराबरी खेलेका छन् ।

बानेश्वरमा भएको खेलमा दोस्रो चरणमा स्थान सुरक्षित गरिसकेका यी दुबै टोलीले बराबरी खेल्दै १–१ अंक बाडेका हुन् ।

प्रतियोगिताअन्तर्गत् शनिबारै हुने तय भएको शंखमूल र बिजीब्रदर्शबीचको खेलमा बिजीब्रदर्श सहभागी नभएपछि ‘वाकओभर’मार्फत् शंखमूल फुटसलले ३ अंक प्राप्त गरेको छ ।

समूह ‘बी’मा शीर्ष स्थानमा रहेको शंखमूलको १३ खेलबाट ३१ अंक भएको छ ।