Logo ९ पुस २०८२, बुधबार | Wed Dec 24 2025


नेप्सेसहित कारोबार पनि घट्यो


0
Shares

काठमाडौं, मंसिर २५ । यो साता शेयर बजार परिसूचक नेप्सेसहित कारोबार परिमाणमा पनि गिरावट आयो ।

साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा २६ अंकले घटेर अन्तिम दिन १५ सय ४४ अंकमा आइपुग्यो ।

यो साता उत्पादनमूलकबाहेक अरु कारोबार भएका सबै समूहमा गिरावट आएसँगै साताको नेप्से घटेको हो । बीमा समूह सबैभन्दा उच्च ६२ अंकले घट्यो ।

यस्तै, विकास बैंक समूह ३७ अंकले, जलविद्युत् समूह करिब ३५ अंकले घट्यो भने वाणिज्य बैंक समूहमा पनि २९ अंकले झर्‍यो ।

यो साता कारोबार परिमाणमा पनि गिरावट आयो । १ सय ५४ कम्पनीहरुको तीन अर्ब २८ करोड ७६ लाख रुपैयाँ बराबरका ४३ लाख बराबर कत्ता सेयर खरिद–बिक्री भए ।

गत साता १ सय ५२ कम्पनीहरुको पाँच अर्ब ८३ करोड २५ लाख रुपैयाँ बराबरका ७४ लाख कित्ता सेयरहरु खरिद–बिक्री भएका थिए । कारोबार रकम गत साताको तुलनामा ४३ प्रतिशतले कम हो ।

यो साता कारोबार रकमको आधारमा शिखर इन्स्योरेन्स कम्पनी, कारोबार भएको सेयर संख्या र कारोबार संख्याको आधारमा सिद्धार्थ बैंक अग्रस्थानमा रहे ।

कारोबार रकमकै आधारमा शिखर इन्स्योरेन्स कम्पनीलाई सिद्धार्थ बैंक, एभरेस्ट बैंक, मेगा बैंक र बैंक अफ काठमाडौं लुम्बिनीले क्रमशः पच्छ्याउन पुगे ।