३० बैशाख २०८२, मंगलबार | Tue May 13 2025


रियाल मिड्रडले बनायो नयाँ कीर्तिमान, प्रशिक्षक जिदानको प्रसंशा


0
Shares

काठमाडौं, मंसिर २६ । स्पेनिस फुटबल क्लब रियाल मिड्रडले लगातार ३५ खेलसम्म अपराजित रहँदै नयाँ कीर्तिमान बनाएको छ ।

स्पेनिस लिग ला लिगाअन्तर्गत शनिबार राति भएको खेलमा डेपोर्टिभो ला कोरुनियालाई ३-२ ले हराउँदै रियाल मड्रिडले यस्तो कीर्तिमान राखेको हो ।

खेलको ८४ मिनेटसम्म २-१ ले पछि परेको रियाल मिड्रडले अन्तिम ६ मिनेटमा दुई गोल गर्दै ३-२ को नाटकीय जित हात पारेको हो ।

रियालका लागि अतिरिक्त समयमा सर्जीयो रामोसले निर्णायक गोल गरे । प्रशिक्षक जिनेदिन जिदानको प्रशिक्षणमा उत्कृष्ट प्रदर्शन गरिरहेको रियाल मिड्रडले लिग तालिकामा बार्सिलोनामाथि ६ अंकको अग्रता लिइरहेको छ ।

शनिबार राति भएको खेलमा बार्सिलोनाले ओसासुनालाई उसैको मैदानमा ३-० ले पराजित गरेको छ ।

ला लिगाअन्तर्गतका अन्य खेलहरुमा रियाल सोसिडाडले भ्यालेन्सियालाई ३-२ ले हराउँदा लास पाल्मास र लेगानेज तथा मालागा र ग्रानाडाले १-१ गोलको बराबरी खेलेका छन् ।

रातीका खेलपछि ला लिगाको अंक तालिकामा १५ खेलबाट ३७ अंक जोडेको रियाल मड्रिड शीर्ष स्थानमा छ ।

समान खेलबाट ३१ अंक जोडेको बार्सिलोना दोस्रो स्थानमा छ भने एक खेल कम खेलेको सेभिया २७ अंकसहित तेस्रो स्थानमा रहेको छ ।