
कपिलवस्तु, चैत ८ । कपिलवस्तुको शिवराज नगरपालिका–६, पैकिबन्डामा आगलागी हुँदा ११ ओटा घर र पाँच गोठ पूर्णरुपमा जलेर नस्ट भएका छन् ।
शुक्रबार दिउँसो २ बजेतिर स्थानीय बुदई कुर्मीको घरबाट सल्केको आगोले घरगोठ जलेर नस्ट भएका हुन् ।
आगलागीमा परी स्थानीय सनउल्ला मियाँ घाइते भएको प्रहरीले जनाएको छ ।
आगलागीबाट करिब ५४ लाख रुपैयाँको क्षति भएको अनुमान गरिएको छ ।
दमकलको सहायतामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सक्रियतामा तीन घन्टापछि आगो नियन्त्रणमा लिइएको थियो ।
प्रतिक्रिया दिनुहोस्