२१ बैशाख २०८२, आइतबार | Sun May 4 2025


आइएसद्वारा यमनको सैनिक क्याम्पमा आक्रमण, ४५ जनाको मृत्यु


0
Shares

काठमाडौं, मंसिर २६ । यमनको सैनिक क्याम्पमा इस्लामिक अतिवादी संगठन आइएसले गराएको बम विस्फोटमा ४५ जना सैनिक मारिएका छन् ।

अदन शहरमा रहेको सैनिक क्याम्पमा तलव लिन लाइन बसेका सेनामाझ आत्मघाती विस्फोट गराइएको यमनी अधिकारीहरुले बताएका छन् ।

यमनमा राष्ट्रपति मन्सुर हादी निर्वासित भएपछि उनको समर्थनमा रहेका हुथी विद्रोही र सेनाबीच संघर्ष जारी छ ।

संघर्षमा सउदी गठबन्धन सेनाले यमन सरकारको साथ दिइरहेको छ । गत अगस्टमा हुथी विद्रोहीले गरेको आक्रमणमा ६० जना मारिएका थिए । (एजेन्सी)