विराटनगर, चैत ८ । प्रदेश नम्बर–१ सरकारले पाँचौं साफ महिला च्याम्पियनसिप फुटबलको उपविजेता नेपाली खेलाडीहरुलाई जनही एक लाख रुपैयाँ पुरस्कार दिएको छ ।
खेल जितेमा खेलाडीलाई जनही दुई लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरिएको थियो ।
शुक्रबार विराटनगरको सहिद रंगशालामा सम्पन्न फाइनल खेलमा भारतसित पराजित हुँदै उपविजेता भएपछि नेपाली खेलाडीहरुले एक लाखमात्रै पाएका हुन् ।
रंगशालाअगाडि नाराबाजी
नेपाल–भारत फाइनल खेलको टिकटदर बढाइएको भन्दै शुक्रबार बिहान रंगशालाअगाडि सर्वसाधारणले केहीबेर नाराबाजी गरेका थिए । तर, आयोजकले बढाएको टिकटदर घटाएन ।
विनासूचना टिकटदर बढाइएको भन्दै दर्शकले नाराबाजीसहित टिकट काउन्टर बन्द गराएका थिए ।
सुरुमा भीआइपीतर्फ ३०० र साधारणतर्फ २०० रुपैयाँ प्रतिटिकटदर तोकिएको थियो । त्यसको जानकारी दिन बिहीबार राति माइकिङसमेत गरिएको थियो ।
तर, शुक्रबार बिहान टिकट काट्न जाँदा बढाएर शुल्क ५०० रुपैयाँ तोकिएको भन्दै खेलप्रेमीले विरोधमा नाराबाजी गरेका हुन् ।








प्रतिक्रिया दिनुहोस्