
महोत्तरी, मंसिर २६ । महोत्तरीको महोत्तरी गाविस–६ अनैठा निवासी १५ वर्षीया सीमाकुमारी चौधरीको मृत्युमा प्रहरीले आशंका गरेको छ ।
मृतक युवतीको शव उनी सुत्ने कोठामा सलको पासो लगाइ झुन्डिरहेको अवस्थामा प्रहरीले आइतबार बिहान बरामद गरेको प्रहरी उपरीक्षक नलप्रसाद उपाध्यायले जानकारी दिए ।
परिवारले युवती आफैंले सलको पासो लगाइ आत्महत्या गरेको बताएका छन् भने घटना रहस्यमय भएकाले अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । रासस
प्रतिक्रिया दिनुहोस्