२८ श्रावण २०८२, बुधबार | Thu Aug 14 2025


प्रहरीचौकीमा यसरी गरियो आक्रमण, १० प्रहरी घाइते, के–के भयो ? (भिडियोसहित)


0
Shares

काठमाडौं, मंसिर २६ । काठमाडौं महानगरपालिका वडा नम्बर–१३ स्थित नयाँबस्तीमा रहेको प्रहरी बिटमा आइतबार स्थानीय बासिन्दाले आक्रमण गर्दा १० जनाभन्दा बढी प्रहरी घाइते भएका छन् ।

मदिरा सेवन गरी ट्याक्सी चलाएको आरोपमा पक्राउ परेका ट्याक्सीचालक राजु लामाको मृत्यु भएको भन्दै स्थानीयबासीले नयाँबस्तीको महानगरीय प्रहरी बिटमा अन्धाधुन्द आक्रमण गरेका हुन् ।

आक्रोशित भीडले प्रहरी बीटको पार्किङमा रहेको प्रहराको चारओटा मोटरसाइकलमा आगजनी गर्नुका साथै बिटमा रहेका प्रहरीमाथि पेट्रोल छर्केर आगजनी गर्ने प्रयास गरेका थिए ।

साथै, उनीहरुले ड्युटीमा रहेका प्रहरीमाथि लाठी प्रहार गर्दा केही प्रहरी घाइते भएका छन् ।

असई विद्याधर चौधरीको नेतृत्वमा सातजनामात्र प्रहरी सो बिटमा रहेकोमा स्थानीयको आक्रमणबाट सई सन्दीप नापितको नाक भाँचिएको छ ।

अन्धाधुन्द आक्रमण सुरु भएपछि केही प्रहरीले झ्यालबाट हामफालेर ज्यान जोगाएका छन् ।

आक्रमणले उग्ररुप लिएपछि घटनास्थलमा पुगेका अरु प्रहरीले स्थिति नियन्त्रणमा लिन ८ राउन्ड हवाई फायरसमेत गर्नुपरेको थियो ।

चौकी आक्रमणमा संलग्न भएको आरोपमा २१ जनालाई पक्राउ गरिएको प्रहरी उपरीक्षक प्रधुम्न कार्कीले जानकारी दिए ।

स्थानीयको आक्रमणपछि थप प्रहरी घटनास्थल पुग्न ढिलाइ हुँदा क्षति बढी भएको बताइएको छ ।

घटनापछि नयाँबस्ती प्रहरीचौकीमा थप प्रहरी परिचालन गरी सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

भिडियो हेर्नुहोस्