३० बैशाख २०८२, मंगलबार | Tue May 13 2025


वेस्टब्रोमलाई हराउँदै चेल्सी पुनः शीर्ष स्थानमा, कोस्टाले गरे निर्णायक गोल


0
Shares

काठमाडौं, मंसिर २६ । चेल्सी इंग्लिस प्रिमियर लिग फुटबलको पुनः शीर्ष स्थानमा पुगेको छ ।

आइतबार भएको १५औं खेलमा घरेलु मैदानमा वेस्टब्रोमविच आल्बियनलाई १–० ले हराउँदै चेल्सी ३७ अंकका साथ शीर्ष स्थानमा पुगेको हो ।

चेल्सीलाई जिताउन खेलको ७६औं मिनेटमा डिएगो कोस्टाले निर्णायक गोल गरे ।

यो खेलपछि ३४ अंकसहित ‘ओभरनाइट’ शीर्ष स्थानमा रहेको आर्सनल दोस्रो स्थानमा झरेको छ ।