काठमाडौं, मंसिर २६ । आइतबार पनि शेयर बजार ओरालो लाग्यो ।
बजार परिसूचक नेप्से २२ अंक बराबरले ओरालो लागेर १५ सय २२ मै आएर थामियो । कारोबार भएकामध्ये सबैजसो समूह ओरालो लागे ।
बीमा समूहमा सबैभन्दा उच्च १ सय ४७ अंकको गिरावट आयो । जलविद्युत् समूह ७३ अंकले झर्यो । होटल समूह ७० अंक बराबरले झर्यो । विकास बैंक समूहमा २३ अंकको कमी आयो । वाणिज्य बैंक समूह पनि १८ अंकले ओरालो लाग्यो । वित्त समूहमा पनि दोहोरो अंकको गिरावट आयो ।
उत्पादनमूलक समूह भने ११ अंकले सकारात्मक रह्यो ।
यसदिन कारोबार पनि खुम्चियो । नेपाल स्टक एक्सचेन्जमा १ सय ४१ कम्पनीको ७ लाख कित्ता शेयर ४० करोड रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।





प्रतिक्रिया दिनुहोस्