काठमाडौं, मंसिर २६ । आइतबार पनि सुनको भाउ ओरालो लागेर तोलाको ५२ हजार ६ सय रुपैयाँमा आइपुग्यो ।
अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन पनि स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा ४ सय रुपैयाँले घटेर ५२ हजार ६ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।
सुनको मूल्य शुक्रबार पनि तोलामा ४ सय रुपैयाँले नै कमी आएर तोलाको ५३ हजार रुपैयाँमा कारोबार भएको थियो ।
आइतबार चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले घटेर तोलाको ७ सय ८५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा आइतबार साँझसम्म सुन प्रतिऔंस ११ सय ६१ डलर हाराहारीमा कारोबार भएको थियो ।





प्रतिक्रिया दिनुहोस्