काठमाडौं, मंसिर २६ । हल्दिया पोर्टबाट नेपालले फाइदा उठाउन सक्नुपर्नेमा जोड दिइएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीहरु, नेपाली फ्रेटफवाडर्स र हल्दिया इन्टरननेसनल कार्गो टर्मिनलका अधिकारीहरुबीच हल्दिया पोर्टको उपयोगका विषयमा आइतबार महासंघ सचिवालयमा भएको छलफलमा उक्त जोड दिइएको हो ।
हल्दिया पोर्टका प्रयोगमार्फत् नेपालले उठाउनसक्ने व्यावसायिक लाभ, उक्त पोर्टमा रहेको भौतिक पूर्वाधारहरु, पोर्टले उपलब्ध गराउने सुविधाहरु, लागत तथा प्रशासनिक प्रक्रियाहरु आदिका विषयमा छलफल भएको महासंघले जनाएको छ ।
सो अवसरमा जीएम बक्सी ग्रुपका अध्यक्ष मनोज अरोरा र हल्दिया इन्टरननेसनल कार्गो टर्मिनलका बजार प्रमुख तपन सेनगुप्ताले उक्त पोर्टका विद्यमान भौतिक सुविधा तथा नेपालले उक्त बन्दरगाहको उपयोगमार्फत् उठाउनसक्ने व्यावसायिक लाभका विषयमा विस्तृत् जानकारी गराएको महासंघले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्