२१ बैशाख २०८२, आइतबार | Sun May 4 2025


एक चीन नीतिमा बाँधिएर बस्न सकिदैनः डोनाल्ड ट्रम्प


0
Shares

काठमाडौं, मंसिर २७ । नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू एक चीन नीतिमा बाँधिएर नबस्ने प्रष्ट गरेका छन् ।

चीनले आफ्नो हिस्सा मान्दै आएको ताइवानी राष्ट्रपतिसँग टेलिफोन वार्ता गरेकामा भइरहेको टिप्पणीप्रति ट्रम्पले अमेरिकालाई एक चीन नीतिमा बाँधेर राख्न नहुने प्रष्ट गरेका हुन् ।

उक्त फोन वार्ताप्रति चीनले यसअघि नै असन्तुष्टी जनाइसकेको छ । ट्रम्पको यस भनाइले चीन–अमेरिका सम्बन्धमा आगामी दिनमा कटूता आउनसक्ने बताइएको छ ।

ट्रम्पले चीनसँगको नीति व्यापारलगायतका विषयमा मात्र रहने बताए । यद्यपि, अमेरिकाले सन् १९७९ देखि एक चीन नीति अन्तर्गत ताइवानलाई चीनकै हिस्सा मान्दै आएको छ ।

फक्स न्यूजसँगको कुराकानीमा ट्रम्पले निर्वाचन जित्न रुसी जासूसी संस्थाले सघाएको भन्ने आरोपको पनि खण्डन गरे । (एजेन्सी)