
काठमाडौं, मंसिर २७ । न्यूजिल्याण्डमा विल इङ्लिसले नयाँ प्रधानमन्त्रीको शपथ लिएका छन् । गत हप्ता जोन किले पारिवारिक कारण देखाउँदै अप्रत्यासित रुपमा राजीनामा दिएका थिए ।
जोन नेतृत्वको सरकारमा इङ्लिस उपप्रधान तथा अर्थमन्त्री थिए । इङ्लिसले प्रधानमन्त्रीको जिम्मेवारी निभाउन उत्साहित रहेको भन्दै नेसनल पार्टीको नयाँ नेतृत्व सम्हाल्न पाएकोमा आभार व्यक्त गरेका थिए ।
इङ्लिसले सन् १९९० देखि संसद् सदस्य हुँदै विभिन्न मन्त्रालय सम्हालि सकेका छन् । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्