हेटौंडा, मंसिर २७ । प्रधानन्यायाधीश सुशीला कार्कीले प्रहरी, सरकारी वकिल, न्यायाधीश तथा सरोकारवाला निकायहरुले पीडितलाई न्याय दिलाउने नियत राख्ने हो भने देशको न्यायप्रणाली नमुना बन्ने बताएकी छन् ।
सोमबार हेटौंडामा भएको ‘न्यायमा पहुँच अभिबृद्धिका लागि सरोकारवालाहरुको भूमिका’सम्बन्धी छलफलमा उनले ‘सरोकारवाला निकायहरुले नै ‘घुमाउने’ गरेकाले न्याय सम्पादनमा समस्या आएको हो’–भनिन् ।
पीडितलाई छिटो–छरितो ढंगबाट न्याय दिन आफैंबाट परिवर्तनको थालनी गर्नुपर्ने प्रधानन्यायाधीश कार्कीको भनाइ थियो ।










प्रतिक्रिया दिनुहोस्