२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


ज्यापू दिवसको अवसरमा र्‍याली


0
Shares

काठमाडौं, मंसिर २८ । यमरी पुन्ही तथा ज्यापू दिवसको अवसरमा मंगलबार राजधानीमा र्‍याली निकालियो ।

राजधानीको कमलादी गणेशस्थानबाट निकालिएको र्‍यालीले नगरको विभिन्न ठाउँको परिक्रमा गरेको थियो ।

र्‍याली गणेशस्थानबाट सुरु भइ घन्टाघर, असन, क्षेत्रपाटी, ज्याठा, खिचापोखरी, ओमबहाल, मरु टोल हुँदै बसन्तपुरमै पुगेर सभामा परिणत भएको थियो ।

नेवारी संस्कृति झल्कने विभिन्न बाजागाजासहित आफ्नै भेषभूषामा निकालिएको र्‍यालीमा नेवार समुदायका थुप्रै सहभागी बनेका थिए ।