१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


उदयपुरमा यात्रीबस दुर्घटना, ९ जना घाइते


0
Shares

उदयपुर, मंसिर २८ । उदयपुरको बेतिनी–व्यापारीघारीमा यात्रीबहाक बस दुर्घटना हुँदा ९ जना घाइते भएका छन् ।

उदयपुरको इनामेबाट कटारी जाँदै गरेको ना४ख ७४३४ नम्बरको बस मंगलबार बिहान सडकबाट करिब ५० मिटर तल खसेर दुर्घटना भएको हो ।

घाइतेहरुको कटारी र धरानमा उपचार भइरहेको छ । घाइतेमध्ये तीनजनाको अवस्था गमभीर रहेको प्रहरीले जनाएको छ ।

गम्भीर घाइते भएका जीवन बुढाथोकी, देवीमाया श्रेष्ठ र उनकी पाँच वर्षकी छोरी इन्दिरालाई उपचारका लागि धरान पठाइएको प्रहरीले जनाएको छ ।