१६ असार २०८२, सोमबार | Tue Jul 1 2025


विजयपुरमा टिप्पर खस्यो, एकको मृत्यु


0
Shares

पोखरा, मङ्सिर २९ । पोखराबाट लेखनाथतर्फ जाँदै गरेको ग १ ख ३७१८ नंको टिप्पर गएराति विजयपुर खोलामा खस्दा एकजनाको मृत्यु भएको छ ।

दुर्घटनामा परी टिप्पर चालक तनहुँ शुक्लागण्डकी–१ राईपुरका २७ वर्षीय टुकबहादुर क्षेत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

गाडीको चालकका सहयोगी प्रेम नेपालीको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । तीव्रगतिका कारण अनियन्त्रित भई दुर्घटना भएको बताइएको छ । रासस