 
	    रामेछाप, मंसिर २९ । रामेछापमा भएको दुर्घटनामा चार जनाको मृत्यु भएको छ । खाँडादेवी गाविस वडा नम्बर १ चोप्राङमा ट्रिपर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको हो ।
बा २ ख ६८८८ नम्बरको खाली ट्रिपर लिसेपाटी र चोप्राङको बीच डाँडामा दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै र एक जनाको उपचारका लागि सदरमुकाम मन्थली ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो ।
रामेछाप गाल्वाबाट चोप्राङतर्फ आउँदै गरेको ट्रिपर ब्याक गर्ने क्रममा बाटोबाट २५० मिटर तल खसेको थियो ।
मृत्यु हुनेमा सिन्धुपाल्चोक तातोपानीका चालक कुमार विक, गाडीमा रहेका सिन्धुलीका रुपेस भण्डारी, सर्लाहीका विकास पौडेल र ललीलपुर धापागाउँका किरण डाँगी रहेको प्रहरी नायव उपरीक्षक प्रेम जोशीले जानकारी दिए ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्