इमेजकर्मी आचार्य सम्मानित « Image Khabar


इमेजकर्मी आचार्य सम्मानित


Imagekhabar
२९ मंसिर २०७३, बुधबार १३:४५

बर्दिया, मंसिर २९ । बर्दिया राष्ट्रिय निकुञ्जको जैविक विविधता संरक्षण, चोरी शिकार नियन्त्रण, पर्यटनविकास तथा स्थानीय कला संस्कृतिको संरक्षण र सम्र्वद्धनमा योगदान पुर्‍याएको भन्दै बर्दियाका इमेज संवाददाता यादव आचार्यलाई सम्मान गरिएको छ ।

चोरी शिकार नियन्त्रण युवा परिचालन अभियान सञ्जाल बर्दियाले आयोजना गरेको चौथो हात्तीमेलाका अवसरमा बर्दियाको प्रकृति संरक्षण तथा प्रचारप्रसारमा आचार्यले पुर्‍याएको योगदानको कदर गर्दै सम्मान गरिएको हो ।

कार्यक्रममा पत्रकारहरु कमल पन्थी, निर्मण घिमिरे, भावुक योगी, दुर्गा आचार्य, दिपक श्रेष्ठ, र प्रभात सुवेदीलाई पनि सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्