२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


संसद अवरोध गरेर एमालेले निर्वाचन हुन नदिने षड्यन्त्र गर्‍यो : गृहमन्त्री


0
Shares

काठमाडौं, मंसिर २९ । उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले संविधान संशोधन प्रस्तावको बहस सडकमा नभइ संसदमा गर्न विपक्षी नेकपा एमालेसँग आग्रह गरेका छन् ।

महिला कानुन र विकास मञ्चले बुधबार राजधानीमा गरेको कार्यक्रममा उनले संसद अवरोध गरेर एमालेले निर्वाचन हुन नदिने षड्यन्त्र गरेको आरोप लगाए ।

सरकार संविधानअनुरुप तीन तहकै निर्वाचन गराउने तयारीमा रहेको उनको भनाइ थियो ।