१६ असार २०८२, सोमबार | Tue Jul 1 2025


चिसोका कारण बारा र पर्सामा ‘कठ्यांग्रिएर’ दुईजनाको मृत्यु, जनजीवन कस्टकर


0
Shares

वीरगन्ज, मंसिर २९ । केही दिनयता मध्यतराईमा बढेको चिसोका कारण बारा र पर्साम कठ्यांग्रिएर दुईजनाको मृत्यु भएको छ भने जनजीवन कस्टकर बन्दै गएको छ ।

अत्यधिक चिसोका कारण कठ्यांग्रिएर बारा मनहरवा–८ का ४० वर्षी सुकेश्वर माझी र पर्सा सेढवा–१ का ४५ वर्षीय प्रभुराम चमारको मृत्यु भएको प्रहरीले जनाएको छ ।

निरन्तर हुस्सु लाग्नुका साथै शीतलहर चल्ने गरेकाले दैनिक ज्यालादारी गरी जीविका चलाउने मजदुरहरु बढी प्रभावित भएका छन् भने शीतलहरका कारण अन्नबालीसमेतमा असर परेको छ ।

चिसोकै कारण विद्यालयमा पठनपाठनसमेत प्रभावित भएको छ । मध्यतराईका अधिकांश जिल्लामा विद्यालय बन्द गरिएको छ ।