२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


प्रहरीघेरा तोड्दै महिला सीडीओ कार्यालय छिरे, प्रधानमन्त्रीलाई पठाए कैंची, सियो–धागो उपहार


0
Shares

तारा भुसाल (इमेज)
गुल्मी, मंसिर २९ । प्रदेश नम्बर–५ बाट पहाडी जिल्लालाई अलग गर्न सरकारले संसदमा दर्ता गरेको संविधान संशोधन प्रस्तावविरुद्धको प्रदर्शन विभिन्न जिल्लामा कायमै छ ।

गुल्मीमा १५ दिनदेखि बन्द गरिँदा जनजीवन कस्टकर बनेको छ । लामो बन्दको कारण जिल्लामा सर्वसाधारणको जनजीवन निकै कठिन बनेको हो ।

यसैबीच, सरकारले आफ्ना माग सुनुवाइ नगरेपछि गुल्मीका महिलाहरुले बुधबार जिल्ला प्रशासन कार्यालय परिसरमै प्रदर्शन गरेका छन् । प्रहरीघेरा तोड्दै उनीहरु प्रशासन कार्यालय परिसरमा प्रवेश गरेका हुन् ।

‘फूलको मालाजस्तै गरी मिलेर बसेका जनतालाई कैंचीले काटेझैं गरी काट्ने काम भएको’ भन्दै महिलाहरुले प्रधानमन्त्रीलाई ज्ञापनपत्रसहित व्यंग्ग्यात्मकरुपमा कैंची, फूलको माला, सियो–धागो र नेपालको नक्सा उपहार पठाएका छन् ।

आन्दोलनकर्ताले दिनहुँ जिल्ला प्रशासन र जिविस कार्यालयअगाडि धर्ना दिने र फरक–फरक प्रकृतिका प्रदर्शन गर्नेक्रम कायमै राखेका छन् ।