शेयर बजारमा करिब १४ अंकको सुधार « Image Khabar


शेयर बजारमा करिब १४ अंकको सुधार


Imagekhabar
३० मंसिर २०७३, बिहीबार १९:५०

काठमाडौं, मंसिर ३० । साताको अन्तिम दिन विहीबार पनि शेयर बजार सुधारियो ।

अघिल्लो दिन सामान्य अंकले सकारात्मक रहेको बजार परिसूचक यसदिन दोहोरो अंकले उकालो लाग्यो ।

कारोबार सुरु भएदेखि सकारात्मक रहेको नेप्से १४ अंक बराबरले उकालो लागेर १५ सय ३० पुगेर थामियो । उत्पादनमूलकबाहेक अधिकांशजसो समूह सकारात्मक रहे ।

बीमा समूहमा सबैभन्दा उच्च ९९ अंकको बृद्धि आयो । होटल समूह ३३ अंकले बढ्यो । विकास बैंक समूह २० अंकले र वाणिज्य बैंक समूह पनि १३ अंकले उकालो लाग्यो । जलविद्युत् र वित्त समूह सामान्य अंकले सकारात्मक रहे भने अन्य समूह स्थीर रह्यो ।

यसदिन नेपाल स्टक एक्सचेन्जमा १ सय ३८ कम्पनीको ६ लाख ६८ हजार कित्ता शेयर ४९ करोड ४० लाख रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्