
काठमाडौं, मंसिर ३० । प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकको आर्थिक विकासका लागि निजी क्षेत्रसँग सहकार्य गर्न सरकार तयार रहेको बताएका छन् ।
चन्द्रागिरि केबलकारको विहीबार राजधानीमा उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले आर्थिक विकासका लागि सरकार–निजी क्षेत्रसँगै अगाडि बढ्नुपर्ने बताए ।
राष्ट्रिय गौरवका आयोजना समयमै सम्पन्न गर्नेलाई सरकारले पुरस्कृत गर्ने दोहोर्याउँदै उनले पूर्वाधार निर्माणलाई सबैले तीव्रता दिनुपर्ने बताए ।
चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकालले आर्थिक विकासलाई अगाडि बढाउन निजी क्षेत्र तयार रहेको र राज्यले थोरै भएपनि सहयोग गर्नुपर्ने बताए ।
कार्यक्रममा मन्त्री, निजी क्षेत्रका प्रतिनिधिलगायतले स्वदेशी लगानीबाटै मुलुकले आर्थिक समृद्धि हासिल गर्नसक्नै भन्दै वातावरण बनाउन आग्रह गरे ।
निजी क्षेत्रका प्रतिनिधिहरुले विदेशीको लगानी ताकेरमात्रै मुलुकको विकास नहुने भन्दै निजी क्षेत्रलाई लगानीको वातावरण बनाउन र आर्थिक विकासमा ध्यानकेन्द्रित गर्न आग्रह गरे ।
केही महिनाअघिदेखि नै सन्चालनमा आएको केबलकारको विहीबार औपचारिक उद्घाटन गरिएको हो ।
प्रतिक्रिया दिनुहोस्