अर्घाखाँची । अर्घाखाँचीमै सबैभन्दा बढी कर असुल गरिरहेको भूमिकास्थान नगरपालिकाले करको दर निकै घटाएको छ ।
नगरपालिकाले कर घटाएपछि स्थानीय खुशी भएका छन् । चौथोे नगरसभाले ६५ प्रतिशतसम्म कर घटाउने निर्णय गरेको हो ।
जन्म दर्ता र मृत्यु दर्तावापत पाँच सय रुपैया लिँदै आएको नगरपालिकाले त्यसलाई घटाएर ८ रुपैयाँ बनाएको छ ।
नगरपालिकाले जग्गाको कर पनि घटाएको छ । जसअनुसार अब खरको छानो हुनेले घरकर तिर्नुपर्ने छैन । पक्की घरको कर एक सय र कच्ची घरको ५० रुपैयाँ बनाइएको छ ।
व्यवसाय कर घटाएर ७ सय रुपैयाँ बनाइएको छ । आन्दोलनमा होमिएका स्थानीयहरु नगरपालिकाले कर बढाएकोमा आक्रोशित बनेका थिए ।
कर घटाएपछि स्थानीय लगायत राजनीतिक दलहरुले पनि कर घटाउने निर्णयको स्वागत गरेका छन् ।
नगरपालिकाले जग्गाको करको पनि दर घटाएको छ ।
कर धेरै भएको भन्दै दबाब आएपछि नगरसभाले कर घटाउने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद अर्यालले बताए ।








प्रतिक्रिया दिनुहोस्