 
	    काठमाडौं, पुस २ । अष्ट्रेलियाविरुद्धको पहिलो टेस्ट क्रिकेटमा पाकिस्तान पराजयनजिक पुगेको छ ।
ब्रिसबेनमा जारी खेलमा ४९० रनको चुनौती पछ्याइरहेको भ्रमणकारी टोली पाकिस्तानले शनिबार तेस्रो दिनको समाप्तिसम्म २ विकेटको क्षतिमा ७० रन बनाएको छ ।
अजर अली ४१ रनमा अविजित छन् भने युनिस खानले रनको खाता खोलेका छैनन् । पाकिस्तानलाई अझै ४२० रन बनाउनुपर्ने भएकाले दबाब बढेको छ ।
यसअघि, घरेलु टोली अष्ट्रेलियाले पहिलो इनिङमा कप्तान स्टेभेन स्मिथको १३० र पिटर ह्यान्डस्कम्बको १०५ रनको मद्दतले ४२९ रन बनाउँदा पाकिस्तानलाई १४२ रनमा रोकेको थियो ।
अष्ट्रेलियाले शनिबार दोस्रो इनिङमा ५ विकेटको क्षतिमा २०२ रन बनाएर इनिङ समाप्ति गर्दै पाकिस्तानलाई ४९० रनको चुनौती दिएको हो ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्