
काठमाडौं, पुस २ । दुई मुख्य सत्तासाझेदार दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले संविधान संशोधन प्रस्ताव फिर्ता नहुने स्पस्ट पारेका छन् ।
शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा मधेसी मोर्चाका नेताहरुसँगको छलफलमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवाले संविधान संशोधन प्रस्ताव फिर्ता नहुने भन्दै मोर्चाका नेताहरुलाई आश्वस्त पारेका हुन् ।
छलफलपछि नेताहरुले संशोधन प्रस्ताव अघि बढाउने विषयमा सबै एकमत रहेको प्रतिक्रिया दिएका छन् ।
आइतबार (भोलि)सम्म नेकपा एमालेलगायतका विपक्षी दलहरुसँग सहमतिको प्रयास गर्ने र सहमति नबने संशोधन प्रस्ताव अघि बढाउने नेताहरुले बताए ।
प्रतिक्रिया दिनुहोस्