सडक विस्तारसँगै तरकारीको माग बढेपछि कृषक दङ्ग « Image Khabar


सडक विस्तारसँगै तरकारीको माग बढेपछि कृषक दङ्ग


Imagekhabar
३ पुष २०७३, आईतवार १२:३६

ताप्लेजुङ, पुस ३ । ताजा तरकारीको माग बढेपछि ताप्लेजुङ सदरमुकाम नजिकका बासिन्दाहरु व्यावसायिक तरकारी खेतीमा आकर्षित भएका छन् ।

सदरमुकाममा होटल व्यवसाय र बजार विस्तार भएपछि सीमावर्ती हाङ्देवा गाविसका कृषक व्यावसायिक तरकारी खेतीमा आकर्षित भएका हुन् ।

बिक्रीका लागि बजार पाएपछि कृषक तरकारी खेती गरेरै आफ्नो आर्थिकस्तर सुधार्न सक्षम भएका छन् । जिल्ला कृषि विकास कार्यालयका अनुसार कृषकहरु बन्दागोभी, साग, टमाटर जस्ता खेतीमा लागेका छन् ।

सडक सुविधाले उनीहरुलाई झन् हौस्याएको छ । तरकारी बेचेरै मासिक बीस हजारसम्म आम्दानी भइरहेको कृषकले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्