१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


एमाले नेताहरु भन्छन्– ‘संशोधन प्रस्ताव फिर्ता नलिएसम्म राजनीतिक गतिरोध अन्त्य हुँदैन’


0
Shares

पोखरा, पुस ३ । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले सरकारले पेश गरेको संविधान संसोधन प्रस्ताव फिर्ता नलिएसम्म वर्तमान राजनीतिक गतिरोध अन्त्य नहुने दावी गरेका छन् ।

प्रेस चौतारी कास्कीले आइतबार पोखरामा गरेको पत्रकार सम्मेलनमा उनले संशोधन प्रस्ताव बाहेकका कार्यसूचीमा छलफल गर्न एमाले तयार रहेको बताए । पोखरेलले संविधानको धारा २७४ संशोधन गरेर मात्र संविधान संशोधन प्रस्ताव ल्याउन सरकारलाई चुनौती दिए ।

पत्रकार सम्मेलनमा एमाले सचिव योगेश भट्टराईले सरकारले संशोधन प्रस्ताव ल्याएर मुलुकलाई द्वन्द्वमा धकेल्न खोजेको जिकिर गरे ।

राष्ट्रिय स्वाभिमानका लागि आफ्नो पार्टी कहिल्यै पछि नपर्ने बताउँदै उनले एमाले प्रतिपक्षमा रहेर निर्वाचनमा जान तयार रहेकोसमेत बताए ।