२१ बैशाख २०८२, आइतबार | Mon May 5 2025


चोरेको ड्रोन चीनले नै राखोस्, अमेरिकालाई चाहिँदैन : डोनाल्ड ट्रम्प


0
Shares

वासिंटन, पुस ३ । अमेरिकी नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमाथि चोरीको आरोप लगाएका छन् ।

चीनले अमेरिकाको ड्रोन चोरेको आरोप लगाउँदै उनले उक्त ड्रोन फिर्ता नचाहिने बताएका छन् ।

गत बिहीबार चीनको दक्षिणी सागरमा प्रवेश गरेको अमेरिकी समुद्री ड्रोनलाई नियन्त्रणमा लिएको चीनले उक्त ड्रोन फिर्ता गर्न तयार भएको अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले जनाएलगत्तै ट्रम्पले भने फिर्ता नलिने उद्घोष गरेका हुन् ।

कब्जामा लिएको ड्रोन आफैसँग राख्न पनि उनले चीनलाई सल्लाह दिएका छन् ।

ट्वीट गर्दै ट्रम्पले चीनले समुन्द्रमा रहेको आफ्नो ड्रोन निकालेर लगेको र यस्तो अहिलेसम्म कहिं नभएको उल्लेख गरेका छन् ।

चीनले भने अमेरिकाले आफ्नो क्षेत्रमा अनावश्यक चासो दिएको भन्दै आपत्ति जनाएको थियो । (एजेन्सी)